TRENDING

खेलकुदमन्त्रीले अल्मुताइरीलाई भने– स्पिड कायम राख्नू, केही परे सिधै मलाई भन्नू

काठमाडौं । थप दुई वर्षका लाग सम्झैता नवीकरण गरेर नेपाल फर्किएका नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई आज युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले स्वागत गरेका छन् ।

अल्मुताइरी शनिबार राति नेपाल फर्किएका थिए । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप सकेर उनी सिधै कतार फर्किएका थिए । उनी शनिबार पुनः नेपाल फर्किएका हुन् । अल्मुताइरीलाई स्वागत गर्ने क्रममा मन्त्री गहतराजले विगतमा देखिएका समस्या नदोहरिने प्रतिवद्धता जनाएका थिए ।

“बाहिर चलेका हल्लाको पछि नगाग्नु होला । केही समस्या परेमा हामी आधिकारिक निकाय युवा तथा खेलकुद मन्त्रालयमा वा मलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ,” पाल्पाली ढाका टोली लगाइदिएर स्वागत गरेका मन्त्री गहतराजले भने, “नेपाल सरकार तपाईंको साथमा छ । गोर्खाली स्पिडलाई कायम राखेर काम गर्नुहोला ।”

अल्मुताइरीको यसअघि पटकपटक विवादमा तानिएका थिए । समर्थकलाई सम्बोधन गर्दै एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण आफूले काममा बाधा भएकाले राजीनामा दिने बताएका थिए । अल्मुताइरीले फेसबुकमा उक्त स्ट्याटस लेखेपछि एन्फामा विवाद सिर्जना भएको थियो । एन्फाले विवाद समाधानका लागि मन्त्रालयलाई नै गुहार्नुपरेको थियो ।