

काठमाडौं । कप्तान बाबर आजमको अर्धशतक तथा असिफ अलीको आक्रामक ब्याटिङ प्रेरित पाकिस्तानले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानलाई पाँच विकेटले हराएको छ । पाकिस्तानको यो लगातार तेस्रो जित हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । १४८ रनको लक्ष्य पाकिस्तानमा पाँच विकेट गुमाएर १९ ओभरमा पूरा गरेको थियो ।
जितसँगै पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । यसअघि लगातार दुई खेल जितेको अफगानिस्तानको यो पहिलो हार हो । जितसँगै ६ अङ्क जोडेको पाकिस्तान सुपर–१२ मा समूह दुईको शीर्ष स्थानमा यथावत छ । अफगानिस्तान पनि दुई अङ्कका साथ दोस्रो स्थानमा कायमै छ ।
अफगानिस्तानले खराब सुरुआत गरेपनि कप्तान मोहम्मद नाबी र गुलबादिन नाइबले सातौँ विकेटका लागि ७१ रनको अविजित साझेदारी गरेपछि सम्मानजनक स्कोर बनाउन सफल भएको थियो । नाबी र नाइब दुवैले समान अविजित ३५ रन बनाए । यी दुईबाहेक नाजिबुल्लाह जर्दानले २२, करिम जनतले १५ तथा रहमानुल्लाह गुरबाज र अस्घर अफघानले समान १० रन बनाए ।
पाकिस्तानका इमद वासिमले दुई विकेट लिए । शाहीन अफ्रिदी, हरिस रौफ, हसन अली र शाडब खानले एक-एक विकेट लिए ।
१४८ रनको लक्ष्य पूरा गर्न पाकिस्तानलाई संघर्ष गर्नुपरेको थियो । पाकिस्तानले सुरुमै ओपनर मोहम्मद रिजवानलाई आठ विकेट गुमाए थियो । त्यसपछि कप्तान बाबर आजम र फखर जमानले पाकिस्तानको इनिङ सम्हाले । दुईजनाले दोस्रो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।
जमान ३० रनमा आउट भएपछि पाकिस्तानले लगातार तीन विकेट गुमायो । मोहम्मद हफिज ३० र बाबर आजम ५१ रन बनाएर आउट भए । १६.६ ओभरमा कप्तान आउट हुँदा पाकिस्तान १२२-४ को स्थितिमा थियो । लगत्तै शोएब मलिक पनि १९ रन बनाएर पवेलियन फर्किएपछि पाकिस्तान दबावमा परेको थियो ।
तर, असिफ अलीले ७ बलमा चार छक्कासहित अविजित २५ रन बनाएपछि पाकिस्तान एक ओभर बाँकी हुँदै लक्ष्य पूरा गरेको हो । उनी ‘म्यान अफ द’ म्याचसमेत चुनिए ।
पाकिस्तानले यसअघि भारतलाई दस र न्युजिल्यान्डलाई पाँच विकेटले हराएको थियो ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७