TRENDING
होमपेज
बोलोग्नालाई ३–० ले हराउँदै नापोली शीर्ष स्थानमा उक्लियो


काठमाडौं । लोरेन्जो इनसिग्नेको दुई गोलप्रेरित नापोलीले गएराति बोलोग्नालाई ३–० ले हराउँदै इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।
घरेलु टोली नापोलीले १८औं मिनेटमा फबियनको गोलबाट अग्रता लिएको थियो ।
४१औं मिनेटमा इनसिग्नेले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए । ६२औं मिनेटमा इनसिग्नेले पेनाल्टीमै अर्को गोल थपेपछि नापोलीले तीन अंक पक्का गरेको थियो ।
इनसिग्नेले जारी सिजन चार गोल गरेका छन् । त्यो सबै गोल इनसिग्नेले पेनाल्टीमै गरेका हुन् ।
लिगका दशौं चरणको खेल सकिँदा नापोलीले २८ अंक जोडेको छ । एसी मिलानको पनि समान २८ अंक छ । तथापि गोलअन्तरमा नापोली शीर्ष स्थानमा छ ।
२१ अंक जोडेको साविक विजेता इन्टर मिलान तेस्रो र १९ अंक जोडेको एएस रोमा चौथो स्थानमा छ । पराजित बोलोग्ना १२ अंक जोडेर १२औं स्थानमा छ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७