TRENDING

चिसो बढ्न थाल्यो, कस्तो छ आजको मौसम ?

काठमाडौं । केही दिन यता काठमाडौं लगायतका अधिकांश स्थानामा तापक्रम घट्न थालेको छ ।

तापक्रम घटेसँगै बिहान र बेलुका चिसो हुन गरेको छ । तापक्रम निरन्तर घटन थालेपछि चिसो बढ्न थालेको छ ।

मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो । बुधबार बिहान १३.५ डिग्री सेल्सियस थियो भने बिहीबार बिहान १२.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज उक्त तापक्रम घटेर १२.४ डिग्री सेल्सियसमा आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसैबीच आज देशका केही भागमा सामान्य वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

cold weather