

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
संविधानको धारा १६८ को २ बमोजिम नियुत्त भएका पाण्डेले प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।
नवनियुक्त मुख्यमन्त्री पाण्डेले पदभार ग्रहण गरेसँगै पहिलो निर्णय गरेका छन् ।
पाण्डेले प्रदेश स्तरका सबै अस्पतालमा अक्सिजन प्लान्ट, पीसीआर परिक्षणका लागि आवश्यक उपकरण, थप बेडका साथै भेन्टीलेटर र औषधिको सहजताका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेका छन् ।
निर्णयमा भनिएको छ, ‘बाग्मतीका १३ वटै जिल्लामा देखिएको कोभिड, स्क्रब टाइफस, मौसमी फ्लु जस्ता सरुवा रोगको नियन्त्रण, रोकथाम र व्यवस्थापन गरी नागरिकको जिवन सहज बनाउन स्वास्थ्य मन्त्रालय एवम् सरोकारवाला निकायले प्रदेश स्तरका सबै अस्पतालहरू तथा स्वास्थ्य संस्थामा आवश्यक पर्ने अक्सिजन प्लान्ट, पीसीआर परिक्षणका लागि आवश्यक उपकरण, बेड संख्या तथा थप आइसियु, इसीयु, पीआइसीयु र भेन्टीलेटर जडान गर्न तथा औषधिजन्य स्वास्थ्य सामाग्रीको आपूर्तिको व्यवस्था मिलाउन र उल्लेखित प्राणघातक सरुवा रोगको जोखिमबाट सुरक्षित रहने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको छ ।’
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७