TRENDING

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार बिहान देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहेको छ ।

यस्तै दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ भने पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी राति देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ।

weather