

काठमाडौं । सामलिङ पावर कम्पनीको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।
कात्तिक ४ गतेदेखि निष्काशन खुला भएको आईपीओमा आज कात्तिक ८ गते कार्यालयसमय भित्र आवेदन दिन पाइने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङले जनाएको छ ।
उक्त कम्पनीले निष्काशन खुला गरेको कल ७ लाख ३० हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।
प्रतिकित्ता रु. १०० अंकित आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन पाइने छ । सर्वसाधारणका लागि छुट्याइएको ६ लाख ७८ हजार ९ सय कित्ता ६७ हजार ८ सय ९० जनाले १० कित्ताका दरले पाउने छन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित दरमा १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन अनुमति पाएकोमा ५ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीयहरुका लागि बिक्री गरिसकेको छ । कम्पनीले भदौ १८ गतेदेखि असोज १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीको लागि निष्काशन गरेको साधारण सेयर असोज २० गते बाँडफाँड गरिएको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७