TRENDING

सहमतिबिना अर्ली इलेक्सन हुँदैन : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले दलीय सहमति नभई मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र अर्ली इलेक्सनको विषय सम्भव नहुने बताएका छन्।

विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमसीसी सबै दलको सहमतिमा मात्र पारित हुने भएकाले सरकारले सहमति बनाउने प्रयत्न गरिरहेको बताए ।

उनले भने,’हामी सहमतिको प्रयासमा छौँ, दलहरूबीच सहमति नभए एमसीसी पारित गर्न सम्भव हुँदैन ।’ गोरखापत्र दैनिकमा खबर छ ।

 

narayankhadka