TRENDING

प्रधानमन्त्री देउवाले गरे बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको राजापुरमा बाढी प्रभावित क्षेत्रको शुक्रवार अवलोकन गरेका छन् ।

सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई क्षति भएको आधारमा राहत उपलब्ध गराउने बताए । स्थानीय सरकारलाई तत्काल पीडितको क्षतिको विवरण संकलन गरेर उपलब्ध गराउन उनले निर्देशन दिए ।

प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेमबहादुर आलेलगायत सहभागी थिए ।

कर्णाली नदीमा आएको बाढीका कारण राजापुर नगरपालिकाका १ हजार २८४ घरधुरी डुबानमा परेका थिए, त्यस्तै गेरुवा गाउँपालिकाको २१० घरधुरी डुबानमा परेका थिए । रासस