

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको छ ।
रामबहादुर थापा बादलको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई जिम्मा दिने निर्णय भएको प्रवक्ता प्रदिप ज्ञवालीले बताए ।
स्थायी कमिटीको शुक्रवार बसेको बैठकले मूल व्यवस्थापन समितिमा स्थायी कमिटीका केही नेतासहित सातै प्रदेशबाट एक एकजना प्रतिनिधि थपेर पूर्णता दिएको हो ।
समितिमा सचिवद्धय पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराईसहित स्थायी कमिटी सदस्य रघुवीर महासेठ, छबिलाल विश्वकर्मालाई पनि थपिएको छ ।
समितिको सदस्यमा काशिनाथ अधिकारी, भानुक्त ढकाल, यमलाल कडोल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, लिला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दिपक देवकोटा रहेका छन् । एक सदस्य पछि थपिने ज्ञवालीले जानकारी दिए ।
एमालेको महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुने तय भएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७