

काठमाडौं । अविरल वर्षाका कारण कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रवार दिउँसोसम्म मृत्यु हुनेको संख्या १११ पुगेको छ ।
१ नम्बर प्रदेशमा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
साथै १ नम्बर प्रदेशमा २१, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी ४२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
यस्तै १ नम्बर प्रदेशमा ११, २ नम्बर प्रदेशमा १, लुम्बिनी प्रदेशमा १, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी ३७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बाढीको कारण २ हजार २ सय ३२ घर डुबानमा परेका छन् । ७८ घर, १६ गोठ, ६ पुल, १ विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १८६ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १ सय ८८ वटा घर परिवार विस्थापित भएका छन् ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७