TRENDING

प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाका बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले आज पनि बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दैछन् ।

बिहीवार डोटी, बझाङ र डडेल्धुरामा भएको क्षतिको अवलोकन गरेका प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियामा प्रभावित क्षेत्रको निरीक्षण गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री देउवा टोलीसहित बिहीवार सुदूरपश्चिम प्रदेश गएका थिए ।

टोलीमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन्।

उनी आजै दिउँसो ४ बजेपछि काठमाडौं फर्कने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

dewa