

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनिले ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको जनाएको छ ।
कुल निष्कासित शेयरमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यसबाहेकको ६ लाख ७८ हजार ९०० कित्ताका सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन । सर्वसाधारण लगानीकर्ताले कार्तिक ४ देखि शेयरमा ८ गते सोमबारसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० देखि अधिकतम् २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
सर्वसाधारणले मेरो शेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७