

काठमाडौं । तीनवटा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । सानिमा बैंक, माछापुच्छ्र्रे बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको आज कार्यालय समयभित्र शेयर खरीद गर्ने शेयरधनीले मात्रै लाभांश प्राप्त गर्नेछन् ।
साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि सांग्रिलाले कात्तिक ५ गते, सानिमा र माछापुच्छ्रे बैंकले कात्तिक ७ गते आइतबार शेयर दाखिल खारेजी मिति तोकेका थिए । बुक क्लोजको अघिल्लो कारोबारको दिनसम्म कायम लगानीकर्ताहरुले मात्र लाभांश पाउने भएकाका कारण बिहिबारसम्म शेयर खरीद गर्नेले मात्र लाभांश पाउने भएका हुन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
यस्तै सानिमा बैंकले चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश र माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७