TRENDING
होमपेज
मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या


काठमाडौं । मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् ।
सल्यानस्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घरमा दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
मङ्गलबार राति करिब १० बजेतिर घटना घटेको प्रहरीको भनाइ छ । प्रहरीले घटनामा सङ्लग्न भएको आरोपमा निमबहादुरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७