TRENDING
होमपेज
५,५९४ नमुना परीक्षणमा ३६५ कोरोना संक्रमित थपिए, थप ४ जनाको मृत्यु


काठमाडौं । नेपालमा थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार ५९४ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३६५ जनाको नतिजा पोजिटिभ आएको हो । तीन हजार ६७१ नमुनाको पीसीआर परीक्षण गर्दा ३२६ र एक हजार ९२३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण चारजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ६०९ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ७८ हजार ३५० पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७