TRENDING

साफ च्याम्पियनसिप : नेपाललाई ऐतिहासिक सफलता, पहिलोपटक फाइनलमा

काठमाडौं । साफ च्याम्पियनसिप फूटबलमा बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

बुधवार भएको नेपाल र बंगलादेशबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

खेलको ८८औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीमार्फत १ गोल गरेका हुन् । यसअघि खेलको ९औं मिनेटमा बंगलादेशका लागि सुमन रेजाले गोल गरेका थिए ।

नेपालले अब माल्दिभ्स र भारतमध्ये एकसँग फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । आयोजक माल्दिभ्सले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशविरुद्ध सोमवार नेपालले पछिल्लोपटक भारतविरुद्ध खेलेको टोलीमा तीन खेलाडी परिवर्तन गरेको थियो ।

मनिष डाँगी, सुमन अर्याल, सुमन लामाको स्थानमा अन्जन विष्ट, आयुष घलान र नवयुग श्रेष्ठलाई पहिलो रोजाइमा राखिएको थियो ।

Nepal saaf