TRENDING
होमपेज
धादिङमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु ,घाइतेको ट्रमा सेन्टरमा उपचार हुँदै


धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत गजुरी गाउँपालिका ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा धादिङ सल्यानटारका दीपेश केसीको ज्यान गएको छ ।
मुग्लिनबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ का २४ वर्षीय केसीको मृत्यु भएको हो ।
दुर्घटनामा परि तीन जना घाइते भएका इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
दुर्घटनामा परि दाङ शान्तिनगर नगरपालिका ९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौँ कलङ्की निवासी सुधीर सुवेदी गम्भीर घाइते भएका छन् भने अर्का एक जनाको अवस्था सामान्या रहेको बताइएको छ । घाइतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं विश्वकै प्रदुषित शहर
चैत्र १८, २०८१
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
बैशाख १२, २०८२
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
बैशाख १२, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
विश्व खोप सप्ताह प्रारम्भ
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७