

काठमाडौं । रूपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतबार झडप हुँदा चार जनाको मृत्यु भएको छ । झडपमा प्रदर्शनकारी, प्रहरी र सशस्त्र प्रहरी गरी झन्डै ५० जना घाइते भएका छन् ।
युनिभर्सल कलेज अफ मेडिकल साइनसेज (यूसीएमएस) भैरहवामा उपचारका लागि गएका आठ जना अतिक्रमणकारी र पाँच प्रहरीमध्ये चार जना अतिक्रमणकारीको मृत्यु भएको हो । केहीको अवस्था गम्भीर छ ।
यूसीएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार, मृत्यु भएका तीनमध्ये कपिलवस्तुको वाणगंगा नगरपालिका–४ का ४८ वर्षीय रमेश परियारको सनाखत भएको छ । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य तीनको भने अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सो अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, आइतबार भएको घटनामा चार जनाको मृत्यु भएको छ । सर्वसाधारणतर्फ १६, नेपाल प्रहरीतर्फ १६ जना, सशस्त्र प्रहरीतर्फ १५ जना घाइते भएका छन् । घाइते हुनेमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राजेश उप्रेती पनि छन् । राजधानी दैनिकमा खबर छ ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७