TRENDING

‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भयो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सरकारमा गैरसांसदको सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले यसरी मन्त्री नियुक्त हुँदा न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति भएको जनाएका छन् ।

गैरसांसद गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडेर चर्चा भइरहेको छ ।

अध्यक्ष थापाले लेखेका छन्, ‘वर्तमान गठबन्धन मन्त्रिपरिषद्मा एक ‘गैरसांसद’को सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको छ । न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति भयो । कानूनी राज्यको अवधारणा र लोकतन्त्रको चिरहरण भएको छ । गठबन्धन नाङ्गो भएको छ । प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाउनुभयो ।’

https://twitter.com/KTnepal/status/1446442690338455556?s=20