TRENDING

चङ्गा चेटको रौनक घट्दो

केही वर्ष अघिसम्म दशैँ शुरू हुनु अगाडि नै बालबालिका तथा युवापुस्ताको हातमा लट्टाई र चङ्गा हुन्थ्यो ।

आकाशभरि रङ्गीचङ्गी चङ्गा उडेको देखिन्थ्यो तर अचेल भने दशँै शुरू हुँदा पनि आकाशमा चङ्गा उडेको देख्न मुस्किल पर्छ ।

बालबालिकादेखि नेपाली युवापुस्ताको इन्टरनेट, भिडियो गेम र स्मार्टफोनप्रतिको बढ्दो मोहले गर्दा चङ्गा उडाउने परम्परा लोप हुँदै‌ गएको छ । बढ्दो सहरीकरणले पनि यो परम्परामा असर पारेको संस्कृतिविद् गणेशराम लाछी बताउँछन् ।

उनले भने, “इन्द्रजात्रा सके लगत्तै चङ्गा उडाउँथ्यौँ तर अहिलेको बालबालिकादेखि युवापुस्ता मोबाइलमै झुन्डिएको देख्दा यो इतिहास बन्ने जस्तो लाग्छ, अब केही वर्षमा चङ्गा र लट्टाई सङ्ग्रहालयमा (म्युजियम) हेर्न जानुपर्छ ।”
असनमा विगत ४१ वर्षदेखि चङ्गा पसल व्यापार गर्दै आएका अनिल श्रेष्ठले पाँच÷छ वर्ष वर्ष अगाडिसम्म मात्रै साउनदेखि असोजसम्मका तीन महिना ५० लाखको चङ्गा बिक्री गरेको अनुभव सुनाए । उनले भने, “अहिले भने त्यस्तो छैन । चार/पाँच लाखको बिक्री हुन पनि मुस्किल हुन्छ ।” गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेकी छिन् ।

dashain
समाचारबाट थप समाचार