TRENDING

थप ९६८ जनामा कोरोना पुष्टि, १हजार ११४ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप ९६८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ७६२ र एन्टीजेन परिक्षणबाट २०६ गरि कुल ९६८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १११४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६.६ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले २३७ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ११५८२ पिसिआर र ४४६० नमुना एन्टीजेन परिक्षण गरि कुल १६ हजार ४२ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार २४८ पुगेका छन् ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा १ हजार १३१ जना रहेका छन् भने होम आइसोलेसनमा १५ हजार ११७ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ३३५ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १२२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ ।

Corona
मुख्य समाचारबाट थप समाचार