

अमेरीका । अमेरिकामा कोभिड–१९ संक्रमित २ लाख ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
कोभिड–१९ संक्रमणमा पुनः वृद्धि देखिएपछि अमेरिकी शहर न्यूयोर्कस्थित विद्यालयहरू बन्द गरी संक्रमण नियन्त्रण गर्ने अन्य उपाय समेतलाई अवलम्बन गर्न थालिएको छ । यूरोपमा कोभिड–१९ को नियन्त्रणका लागि भन्दै विभिन्न उपायहरूलाई अवलम्बन गर्ने यूरोपेली मुलुकहरूको तयारीविरुद्ध ती मुलुकहरूमा बजार गतिविधि नियन्त्रणविरोधी विरोधहरू भएका छन् ।
अमेरिकामा बिहीवारसम्म कोभिड–१९ संक्रमितमध्ये २ लाख ५० हजार ४२६ व्यक्तिको मृत्यु भएको छ भने बुधवार एकै दिनमा १ लाख ५७ हजार ९५० जना थप व्यक्ति संक्रमित भएका जोन हकिन्स विश्वविद्यालयले बताएको छ । अमेरिकी राज्यहरू र शहरले कोभिड संक्रमण दरमा नियन्त्रण नआएपछि नियन्त्रणका पूराना तथा नयाँ उपायलाई अभ्यासमा ल्याउने बताएका छन् ।
न्यूयोर्कका नगर प्रमुख बिल डे ब्लासियोका अनुसार शहरमा कोभिड–१९ संक्रमितको संख्या पुनः बढ्न थालेपछि शहरमा रहेका करीब १ हजार ८०० विद्यालयलाई बन्द गरिएको छ । ती विद्यालयले दूरशिक्षालाई बिहीवारदेखि नै अभ्यासमा ल्याएका छन् ।
नगर प्रमुख ब्लासियोले भने, ‘हामीले कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न जरुरी भएको छ ।’ अमेरिकी औषधि कम्पनी पिफाइजरले विकास गरेको खोपले ९४ प्रतिशत बिरामीमा सकारात्मक नतिजा दिएको भन्ने खबरबाट आशावादी बनेका अमेरिकीहरूलाई अमेरिकाको सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्क शहरमा नियन्त्रणका लागि विद्यालय बन्द गर्ने नीतिपछि थप सशंकित बनेका छन् । रासस
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७