

काठमाडौं । कात्र्तिक शुक्ल चतुर्थी देखि सप्तमी तिथी सम्म मनाइने छठको आज मुख्य दिन षष्ठी अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइँदैछ । आजको साँझ सूर्य देवको पूजा आराधना गरी अर्घ चढाइन्छ । साथै झुप्पा झुप्पा सहितको फलफुल चढाउने समेत गरीन्छ ।
यसो गर्दा सूर्यदेव प्रशन्न भई धनधान्यले पूर्ण गराउने साथै ब्रतालुको परिवार सहित आफन्त, नातागोता समेतको भलो हुने जनविश्वास रहेको छ । आर्थिक अवस्था कमजोर भएकाहरुले समेत अरुसँग मागेर अथवा ऋण लिएरै भएपनि यो छठ पर्व मनाउने गर्दछन् ।
आजको साँझ नुन नखाई ब्रत बसेर जलाशयमा गई रातभर जाग्राम रहि उपाशना गरी भोली बिहान उदाउँदो सूर्यलाई अर्घ चढाए पछि छठ पर्व सम्पन्न हुन्छ । तराईका क्षेत्रमा मनाइने यो पर्व केहि वर्ष यता राष्ट्रिय रुपमै मनाउने गरिएको थियो । यो वर्ष कोरोना कहरका कारण राष्ट्रपतिले षष्ठीको साँझमा गुह्येश्वरी र कमलपोखरीमा गर्ने छठ पूजाको कार्यक्रम भने नहुने भएको छ ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७