

काठमाडौं । दशैं–तिहारको उपलक्ष्यमा ग्लोकल आफ्टर स्कुल (ग्लोकल प्रा.लिको इकाई) ले नयाँ र आर्कषक अफर ल्याएको छ । ग्लोकल प्रा.लि शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्था हो । बिगत लामो समय देखि युवा बर्गहरुको सीप विकास गर्न र आफ्नो रुची भएको बिषयमा पोख्त हुन बिभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ ।
ग्लोकल आफ्टर स्कूलले बिभिन्न विषयहरूमा “While Isolated, Let’s get Skilled ” भन्ने नाराका साथ अनलाइन पाठ्यक्रमहरू सुरू गरेको थियो । ग्लोकल लगातार सिपमुलक शिक्षा वातावरण सिर्जना गर्न निरन्तर काम गरिरहेको छ र अनलाइन पाठ्यक्रमहरू मार्फत युवाहरूको रुचिको विषय पहिचान गरी युवाहरूको सीप विकास गर्न अवसरहरू प्रदान गरिरहको छ ।
विजया दशमी, दीपावली र छठको शुभ अवसरमा, आफ्टर स्कुलले, रेकर्ड गरिएका पाठ्यक्रमहरुमा आवेदन खोलेको छ जसमा रुचि राख्ने शिक्षार्थीहरुको लागी रोचक अफरहरुको घोषणा गरेको छ। रेकर्ड गरिएका पाठ्यक्रमहरु उनीहरु आफ्नै गतिमा सिक्न सक्छन् । दशै दक्षिणामा सिकाइ भन्ने नाराका साथ ग्लोकल आफ्टर स्कुलले दसैं अफर ल्याएको हो । यो अफर नोवेम्बर १० सम्मका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७