

काठमाडौं । नेकपा (एमाले)ले यही १५ असोजदेखि हुने विधान महाधिवेशनका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरेको छ ।
आज केहि बेरमा नयाँ बानेश्वरस्थित अल्फा हाउसमा महाधिवेशनबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको महाधिवेशन प्रचार समितिका संयोजक खिमलाल भट्टराईले बताए ।
महाविधेशन गोदावरीस्थि सनराइज सम्मेलन केन्द्रमा हुनेछ । तीन दिनसम्म चल्ने महाधिवेशनमा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पेस हुनेछन् । एमालेले पहिलो पटक आयोजना गर्न लागेको महाधिवेशनमा पाँच हजार प्रतिनिधि सहभागी हुनेछन् । अध्यक्ष केपी शर्मा ओली महाधिवेशन स्थलको अवलोकन गर्न बुधबार दिउँसो सम्मेलन केन्द्र पुगेका थिए ।
सम्मेलन केन्द्रको हलमा दुई हजार ८४० जना मात्र अट्नेछन् । बाँकीलाई बाहिर बस्ने व्यवस्था मिलाइएको छ । हलबाहिर स्क्रिन राखेर दुई साइडमा एक/एक हजार जना राख्ने व्यवस्था मिलाइएको छ ।
महाधिवेशनमा करिब ३०० स्वयंसेवक खटिनेछन् । महाधिवेशनमा सहभागी हुन जिल्लाजिल्लाबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी छ ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७