

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले गोल गरे पनि पर्सिजा जाकर्ता बराबरीमा रोकिएको छ ।
मंगलबार राति भएको इन्डोनेशियन लिगा वानमा रोहित सम्मिलित जाकर्ताले पर्सिता ताङ्गेराङसग १-१ को बराबर खेल्दै अंक बाढ्न बाध्य भएको हो ।
सिजनको लागि पहिलो गोल गरेका रोहितले मार्को मोटाको पासमा ३० औं मिनेटमा अग्रता बनाएका थिए । तर, ४२ मिनेटमा इर्श्याद मौलानाले गोल गर्दै पर्सितालाई बराबरीको स्थितिमा ल्याएका थिए ।
बराबरीसँगै पर्सिजाले ५ खेलबाट ७ अंक बनाएको छ । इटालीयन प्रशिक्षक एन्जेलो एलेसिलोको आगमनपछि पर्सिजाले १ खेलमा मात्रै जित निकालेको छ । अपराजित पर्सिजाले ४ खेल बराबरी खेलेको छ ।
यो खेलसँगै अब रोहित राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल हुनेछन् । यतिबेला रोहित सम्मिलित नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्सको मालेमा रहेको छ ।
नेपालले माल्दिभ्समा ५ देश सम्मिलित साफ च्याच्याम्पियनसिप प्रतियोगिता खेल्नेछ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७