TRENDING

नेकपा (एस) ओखलढुंगाकाे तीन महिने कार्ययाेजना: वडा वडामा कमिटी

ओखलढु‌ंगा । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी ओखलढुंगाले तीन महिने कार्ययाेजना सार्वजनिक गरेकाे छ । जिल्ला कमिटी गठनपछि बसेकाे सचिवालय बैठकले स‌ंगठन विस्तारका तीन महिने कार्ययाेजना ल्याएकाे हाे ।

पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका याेजनाहरूमा संगठन सुदृढीकरण अभियानदेखि भ्रष्टाचारविरुद्ध भण्डाफाेर अभियानसमेत छन् । नेकपा (एस)का प्रचार विभाग प्रमुख दीपक फुयाँलका अनुसार जिल्लाका सबै तह र वडासम्म कमिटी निर्मण गर्ने, जनस‌ंगठन तथा पेसागत संगठनका कमिटी निर्माण गर्नेलगायत छन् ।

जिल्ला तथा स्थानीय तहमा संचालित विकास निर्माण र सेवा प्रवाहमा देखिएकाे आर्थिक अनियमितता र ढिलासुस्तीका विरुद्ध नागरिक समाज र संचार जगत्‌बीच सहकार्य गरेर जनदबाब सिर्जना गर्ने याेजना पनि पार्टीले ल्याएकाे छ ।

गठबन्धनलाई जिल्ला तहमा निरन्तरता दिँदै साझा मुद्दामा सामूहिक पैरवी गर्ने, पार्टी प्रवेश तथा सदस्यता वितरणलाई प्रथामिकतामा राखेर अघि बढ्ने जिल्ला अध्यक्ष ह‌ंशराज वाग्लेले बताए । उनले भने, ‘अब विकासका याेजनामा कमिसन असुलेर जीवन चलाउनेका दिन गए, हेर्दै गर्नुहाेला ।’