

काठमाडौं । आज सेप्टेम्बर २३ । आज इतिहासमा महत्वपूर्ण राजनीतिक तथा सामाजिक घटना भएका थिए । प्रस्तुत छ केही घटनाः
इरान–इराक युद्ध
इरानले इराकमा अतिक्रमण गरेपछि सन् १९८० मा इरान–इराक युद्ध भएको थियो । यसलाई शताब्दीकै डरलाग्दो र लामो युद्ध मानिएको छ । कसैको विजयबिना सात वर्षपछि सो युद्ध समाप्त भएको थियो । युद्धमा दुबै देशमा ठूलो जनधनको क्षति भएको थियो ।
अमेरिकी स्याटलाईटद्वारा हिन्द महासागर निरीक्षण
हिन्द महासागरमा चम्किला ज्वाला देखिएपछि आणविक बिस्फोटको आशंकामा सन् १९७९ मा अमेरिकाले भेला स्याटलाइटमार्फत हिन्द महासागरमा निरीक्षण गरेको थियो । त्यहाँ इरजेरी र दक्षिण अफ्रिकी आणविक अभ्यासका कारण विस्फोटका ज्वाला देखिएको हुन सक्ने केही विज्ञले अनुमान गरेका थिए । तर, दुबै देशले त्यसलाई अस्वीकार गरेका थिए । सो विषयमा अहिलेसम्म रहस्यमय छ ।
अमेरिकी राष्ट्रपतिको हत्या प्रयास
सन् १९७५ मा तत्कालिन अमेरिकी राष्टपति गेराल्ड फोर्डको हत्या प्रयास बिफल भएको थियो । एफबीआईका सूचनाकार सारा जेन मोरले राष्ट्रपतिको हत्या प्रयास गरेकी थिइन् । तर,एफबीआईका तत्कालिन एजेन्ट ओलिभर सिपलले उनको प्रयास बिफल पारिदिएका थिए ।
माली महासंघबाट सेनेगल बाहिर
सन् १९६० मा माली महासंघबाट सेनेगल बाहिरिएको थियो । सेनेगल बाहिरिएपछि अहिलेको माली नाम राखिएको थियो ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७