TRENDING
होमपेज
मेयरलाई मुक्का हान्ने युवा पक्राउ


काठमाडौं । बुटवलमा हिजो मेयर माथि मुक्का हान्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी पहिरो निरिक्षण गर्ने क्रममा मुक्का प्रहार गर्ने स्थानीय गणेश पंगेनीलाई हिजो साँझ बुटवलबाट पक्राउ गरेको हो ।
पहिरोबाट पीडित भएको लामो समय बितिसक्दा पनि आफुहरुको व्यवस्थापनका लागि उचित पहल नगरेको भन्दै मेयर सुवेदीमाथि हातपात भएको थियो ।
अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीका सदस्य रहेका पंगेनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् ।
पक्राउ परेका पंगनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको प्रहरीले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७