

काठमाडौं । माधव कुमार नेपालले नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेसँगै अहिले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु दल छान्नमा व्यस्त रहेका छन् ।
यसैबीच सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने भएका छन् ।
प्रदेश सरकारमा सामेल तीन मन्त्री, तीन राज्यमन्त्रीसहित जम्मा १३ सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा रहने गरी निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन लागेका हुन् ।
यसअघि प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसदमध्ये १८ जना माधव नेपाल समूहमा र ७ जना केपी ओली समूहतिर खुलेका थिए ।
नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा दिर्घ सोडारी, पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, मना साउद, तारा लामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्टले निर्वाचन कार्यालयमा सनाखत गराउन लागेका हुन् ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७