

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालमा कार्यान्वयन हुने परियोजनाबारे विज्ञापन (टीभीसी) प्रसारण गर्न थालेको छ । जनताहरुका माझ एमसीसी बारे भ्रम फैलाइएकाले त्यसलाई हटाउनका लािग विज्ञापन प्रसारण सुरु गरिएको बताइएको छ । यद्यपी यस परियोजना कार्यान्वयन नेपालको हीन बिपरित हुन्छ भन्दै आपत्ति जनाउनेले भने थप विरोध शुरु गरेका छन् ।
यसरी विज्ञापन प्रसारण गरेर जनस्तरमा गलत सूचना सम्प्रेषण गरी जबरजस्ती एमसीसी कार्यान्वयन गर्न खोजिएको उनीहरुको आरोप छ । एमसीसीको विज्ञापनमा ‘देशलाई फाइदा हुने’ , ‘एससीसीको बेवास्ता गर्न नहुने’ , ‘एमसीसीले देशलाई नै फाइदा हुने’ , ‘एमसीसीको अनुदानले बिजुली प्रसारणलाइन बनेपछि जलविद्युत आयोजनाको बिजुली आफ्नै देशमा खपत गर्न सकिने र बाहिर पनि पठाउन सकिने’ तथा ‘भरपर्दो बिजुली भएपछि देशको आर्थिक समृद्धिको जग बलियो बन्ने’ लगायतका सन्देश समेटिएका छन् ।
एमसीसी परियोजना देशको भविष्यको लागि गरिएको लगानी भएको सन्देश पनि टीभीसीमा छ । हाल एउटा मात्रै राष्ट्रिय टेलिभिजनमा प्रसारण भइरहेको सो विज्ञापन अब छिट्टै नेपाल टेलीभिजनबाट पनि बजाउने तयारी भइरहेको बताइएको छ ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७