

काठमाडौं । पछिल्लो अढाई महिनमा बाढी र पहिरोमा परी ८६ जनाले ज्यान गुमाउँदा ३१ जना बेपत्ता छन्। यो समयमा १ सय १५ जना घाइते भएको प्रहरीको तथ्यांक छ। अझै वर्षात् निरन्तर भएकाले क्षतिको तथ्यांक बढ्न सक्ने मौसमविद् बताउँछन्। वर्षाले १ हजार १ सय ५८ घरपरिवार विस्थापित भएका छन्। ३ हजार १ सय ६८ वटा घर डुबानमा परेको छ।
जथाभावी विकास निर्माणले गर्दा बर्सेनि पहाडमा पहिरो र तराईमा डुवानका घटना बढ्दैछन्। पछिल्लो घटनालाई लिँदा बाढी र पहिरोमा नै बालकदेखि वृद्धसम्मले ज्यान गुमाउनु परेको छ। शुक्रबार पहिरो खस्दा उदयपुर कटारी नगरपालिका २ मिलन चोकका ७ वर्षीय कर्ण मगर पुरिए। उद्धार गरेर अस्पताल लाँदै गर्दा बाटोमा नै ज्यान गयो। नवलपरासीका रामग्राम नगरपालिका १८ का बाबु—छोरोलाई बाढीले निल्यो। घरमा बाढी पसेपछि साहाराको खोजीमा निस्किएका ३८ वर्षीय विनोद पासी र १३ वर्षीय छोरा प्रदीप छिमेकीको घर पुग्न पाएनन्।
बुधबार रातिदेखि परेको वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोटमा शुक्रबार बिहानै पहिरो गयो। पहिरोमा परेर एकै परिवारका तीनजना बेपत्ता भए। हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सिका हस्तबहादुर पुलामीकी ४० वर्षीया श्रीमती धनमाया, ७ वर्षीया नातिनी भूमिसरा र ६ वर्षीया नातिनी देउमाया पुलामी बेपत्ता भएका छन्। महोत्तरीमा रातु खोलाको बाढीले वितण्डा मचाएको छ। बलवास्थित तिलगढमा बाँध भत्काएर बाढी गाउँमा पस्दा ९ सय घर डुबेको छ। चुरेको शीरबाट बग्ने नदीहरूको बाढीले तराईको ३७ जिल्लालाई प्रत्येक वर्ष डुबाउँछ। सीमाक्षेत्रमा भारतले एकतर्फी बाँध निर्माण गर्दा तराईका कैयौं गाउँ डुबेको छ।
वर्षासँगै चुरेबाट बग्ने खोलाले पनि रूप फेरेको छ। १ सय ६४ नदीको चरम दोहनले बस्ती प्रभावित हुनुका साथै हजारौंको उठिबास भएको छ। नवलपरासीको रामग्राम १ की राधिका राना भन्छिन्, ‘केटाकेटीहरू बिहानको खाना खाने समयमा भोक लाग्यो भनेर रोइरहेका छन्, ५ पिस बिस्कुट ४ जनालाई बाँडेर दियौं’, रानाले भनिन्, ‘खानेकुरा पाए पनि हुन्थ्यो।’ उनको घरमा बाढी पसेपछिको पीडा हो यो।
चुरेविद् डा। विजय सिंह अत्याधिक चुरे दोहनकै कारण तराईमा डुवानको मात्रा बढेको बताउँछन्। लगातार २४ घण्टामा १४० मिलिलिटरभन्दा बढी पानी पर्यो भने जमिनले पानी सोस्न सक्दैन। झन् चुरे र तराईमा ३ सय मिलिलिटरभन्दा बढी पानी परेको विगतको रेकर्ड छ। अन्नपूर्णपोष्ट दैनिकले लेखेको छ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७