

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ता हुने निश्चित भएको छ । महन्थ ठाकुरको नेतृत्वमा लोसपा नेपाल दर्ताका लागि १४ जना सांसदहरुले सनाखत गरेसँगैे दर्ता हुने निश्चित भएको हो । निर्वाचन आयोगले उक्त सनाखत गराएको हो ।
सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश ल्याएपछि महन्थ ठाकुर पक्षले भदौ २ गते लोसपा दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । त्यसका लागि निर्वाचन आयोगले बुधबार सनाखतका लागि बोलाएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्ने १४ सांसदहरुमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा र शेखरकुमार सिंह रहेका छन् ।
यो संगै लोसपा दर्ताका लागि नेकपा एमालेका ५४ केन्द्रिय सदस्यले निर्वाचन आयोग पुगेर सनाखत गरेको बताइएको छ । यस्तै वरिष्ठ नेता झलनाथ खनालले दिल्लीबाट सनाखत गरेर पठाएका छन् । यी सनाखतलाई निर्वाचन आयोगले मान्यता दिने/ नदिने टुंगो लाग्न भने बाँकि नै छ ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७