

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत असार २७ गते कार्यदलले जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्न तयार भएका छन् । नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाउने भएको छ ।
सोमबार अध्यक्ष केपी शर्मा ओली र एमाले एकता जोगाउन सक्रिय रहेका नेताहरुसँग भएको छलफलपछि दस बुँदे सहमति कार्यान्वयनको लागि स्थायी कमिटी बैठक बोलाउने सहमति जुटेको छलफलमा सहभागी नेता सुरेन्द्र पाण्डेले बताए ।
उनका अनुसार बैठकमा अब एकताको पक्षमा लागेका नेताहरु सहभागी हुनेछन् । माधवकुमार नेपाल माथिको कारवाही प्रक्रिया फिर्ता लिने विषयमा भोलिकै बैठकमा निर्णय हुन सक्ने उनले बताए ।
‘दस बुँदे सहमति कार्यान्वयनको लागि भोलि ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ,’ पाण्डेले भने, ‘ हामी त्यो बैठकमा सहभागी हुन्छौं ।’ माधव नेपाललाई समेत दल दर्ता प्रक्रिया फिर्ता लिएर बैठकमा आउन अनुरोध गर्ने उनले बताए ।
‘हामी एमाले फुट रोक्न चाहन्छौं, दस बुँदे सहमतिको प्रस्ताव कार्यान्वयनमा गएपछि त्यो विभाजन रोक्छ । माधव नेपालसहितका नेताहरूमाथि गरिएको कारवाही भोलिकै बैठकबाट फिर्ता हुने संभावना छ,’ पाण्डेले थपे ।
एमाले विवाद समाधान गर्न असार २७ गते दस बुँदे सहमतिको प्रस्ताव तयार पारिएको थियो । त्यस आधारमा ओलीले त्यस यता गरेका सबै निर्णय पनि फिर्ता लिनुपर्नेछ ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७