

काठमाडौं । आजबाट छठ पर्व सुरु भएको छ । आज कात्तिक शुक्ल चतुर्थी देखि शुरु भएको छठ सप्तमी तिथि सम्म गरी चार दिन मनाइन्छ । छठको ब्रतले मनोवाञ्छित फल पाइने, सन्तान सुख हुने ,चर्मरोग निको हुने र रोगव्याध नलाग्ने जनविश्वास सहित मनाउने गरिन्छ ।
छठको पहिलो दिन आज नहाय खाय पर्दछ । आज ब्रतालुहरुले हातगोडाको नङ काटी , नुवाईधुवाई गरी चोखो भएर व्रत बस्ने गर्दछन् । सूर्यको पूजाआराधना गरि मनाइने यो पर्व मनाउन ब्रतालुहरुले हिजो देखि नै चोखोनितो शुरु गरिसकेका छन् ।
भोली दोस्रो दिन खरना पर्दछ । मिथिला भाषामा खरना भनिने यो दिन केहि नखाई दिनभर ब्रत बस्ने र रात परेपछि सक्खरमा पकाइएको अरवा चामलको खिर इष्टदेवलाई चढाएर सोही प्रसाद स-परिवार बसि खाने गरिन्छ ।
तेस्रो दिन अर्थात षष्ठि तिथीको दिन निराहार ब्रत बसि साँझमा पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गरी सूर्यलाई देव मानी अर्घ चढाइन्छ । छठको पर्वको मुख्य दिन मानिने यस दिनमा विभिन्न परिकारका मिष्ठान्न लगायत दहि केरा आदि सूर्यदेवलार्य अर्पण गर्ने र सूयदेव र षष्ठीमातालाई सूर्यदेवकी पत्नी मानि रातभर आराधना गरी घाटमै रात बिताउने गरिन्छ । यो सम्पूर्ण विधिलाइए सझुका अरख भन्ने चलन छ ।
पर्वको अन्तिम दिन सप्तमी तिथीमा भोरखा अरख अर्थात् उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुन्छ । पर्व सम्पन्न पछि घर फर्केर दान आदि गर्दै प्रसाद खाने र आफन्तकोमा प्रसाद बाड्ने चलन छ ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७