

काठमाडौं । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरुले नबिल बैंक मार्फत Letters of Credit, Document against Payment (DAP), Document Against Acceptance (DAA), Local Bank Guarantee आदि सुबिधाहरु उपभोग गर्न सक्नेछन। यस सहकार्यबाट मुक्तिनाथविकास बैंकको ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन् ।
साथै यस सम्झौता पश्चात दुई बैंक बीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, बिदेशी मुद्रा सम्बन्धि अन्य कारोबार समेत अगाडी बढाउने लक्ष्य राखिएको छ । साझेदारीको बारेमा बोल्दै, नबिल बैकका प्रमुख कार्यकारी अधिकृत, अनिल केशरी शाहले भने “नबिल बैंकले यस सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई विस्तारित बैंकिङ सुबिधा प्रदान गर्न पाउँदा खुसी छौ । यस व्यापार सम्झौता अन्तर्गत रहेर मुक्तिनाथ विकास बैंकको बैंकिङ साझेदार हुन पाउँदा नबिल बैंक उत्साहित छ र दुबै बैंकका ग्राहकहरुलाई उत्कृस्ट बैंकिङ सेवा सुविधा प्रदान गर्नको लागि नबिल बैंक तत्पर छ ।”
नबिल बैंकसँग भएको यस सम्झौताले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले आउँदा दिनहरुमा प्रतितपत्र, बैंक जमानत, डिमाण्ड ड्राफ्ट लगायतका बैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरणहरु मुक्तिनाथ विकास बैंकका शाखाहरुबाट नै प्राप्त गर्ने भएकाले बैदेशिक व्यापारमा संलग्न ग्राहकहरुलाई समग्र बैकिङ्ग सेवा लिन सुविधा पुग्ने कुरा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी गराउनुभयो ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७