

एजेन्सि । म्यानमारमा फेब्रुअरी २३ पछिको सैन्य कारबाहीमा १ हजार भन्दा बढी मानिसहरु मारिएका छन्।
म्यानमारको राजनैतिक कैदीहरुका लागि सहयोग संगठनका अनुसार सैन्य कारबाहीबाट मृत्यु हुनेहरुको संख्या बुधवार १ हजार १ पुगेको छ।
मान्यमारमा सैन्य कारबाही पछि धेरै मानिसहरु सडकमा उत्रिएका छन्। उनिहरुले सैनिकको बिरोध गर्न आफ्नो जागिर छोडेका छन्। त्यहाँ सेनाले बारम्बार गोली चलाएको र प्रदर्शनकारीहरुलाई आक्रमण गरेको छ। साथै हिरासतमा राखिएकाहरुलाई यातना दिईरहेको जनाईएको छ।
मानव अधिकार समूहका अनुसार सेनाले अधिक क्रूरता देखाएको कारण नागरिकले पनि हतियार प्रयोग गर्न थालेका छन। जुलाई मा स्थानीय सागाइ नामक स्थानको उत्तर पश्चिमी क्षेत्रमा एक जंगल मा लगभग ४० जना ग्रामीण बासिन्दा मृत भेटिएका थिए। सेनाले उनीहरुलाई सशस्त्र समूहका सदस्यहरु र उनीहरुका समर्थक भएको आशंकामा पक्राउ गरेको थियो।
म्यानमारको स्थितिमा, संयुक्त राष्ट्र सुरक्षा परिषद पश्चिम को ठोस कारबाही गर्न असफल भएको छ।
दक्षिण एसियाली राष्ट्रहरुको संघले सेना र प्रजातन्त्र समर्थक शक्तिहरु बिच मध्यस्थता को लागि विशेष दूत पठाउन बाँकी छ। आसियान नेताहरु दूत पठाउन सहमत भएको लगभग चार महिना बितिसकेको छ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७