TRENDING

एमाले फुट्यो ,नेपाल नेतृत्वमा बन्यो ‘नेकपा एमाले समाजवादी’

काठमाडौं । नेकपा एमाले पार्टी विभाजित भएको छ । संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने अध्यादेशमा जारी प्रावधान अनुसार नेकपा एमाले विभाजनकोे निर्णय भएको हो । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी पार्टी हुने भएको छ । चुनाव चिन्ह खुला किताब प्रस्ताव गरिने बताइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । लगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेका छन् । एक केन्द्रीय सदस्यका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।