

काठमाडौं । नेपालस्थित कन्सूलरहरुको छाता संगठन अनररी कन्सूलर कप्र्स–नेपाल (एचसीसी–एन) Honorary Consular Corps-Nepal (HCC-N) का नवनियुक्त तथा पोल्याण्डका अनररी कन्सुलर जनरल लोकमान्य गोल्छाले सोमबार एक समारोहका बीच पदभार ग्रहण गरेका छन् ।
विशेष समारोहमा निवर्तमान डिन तथा मोरक्कोका अबैतनिक महावाणिज्य दूत बसन्त चौधरीले नवनियुक्त डिन लोकमान्य गोल्छालाई पदभार हस्तान्तरण गरेका हुन् । एचसीसीएन नेपालमा विभिन्न देशका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्य दूतहरुको संख्या ५३ रहेको छ ।
कोभिड १९ महामारीको पहिलो र दोश्रो लहरको भयावह अवस्थामा आ–आफूले प्रतिनिधित्व गर्ने देशहरुमार्फत कन्सूलरहरुले स्वास्थ्य सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए ।
महामारीका बीच लकडाउनका कारण विभिन्न देशका नागरिकहरु आफ्नो देश नफर्किन सकेको बेला एचसीसीएनका सदस्यहरुले अहोरात्र खटी ती टुरिष्टहरुलाई उनीहरुको मुलुक फिर्ता पठाउने कार्य गरेका थिए । नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूत बसन्त चौधरीको एक वर्षे कार्यकालको समाप्तिसँगै आगामी एक वर्षका लागि एचसीसी–एनको डिनमा लोकमान्य गोल्छा चयन भएका हुन् । उनी गोल्छा अर्गनाइजेसनका अध्यक्ष समेत हुन् ।
सन् २००७ मा कन्सूलरहरुबीच मित्रवत व्यवहार स्थापना, आपसी समझदारी तथा हित र सदस्यहरुबीच सूचना आदानप्रदान लगायतका उद्देश्य राखी एचसीसी–एन गठन भएको थियो । एचसीसी–एनको पहिलो डिनको रुपमा स्वीडेनका लागि कन्सूल जनरल गजेन्द्रबहादुर श्रेष्ठ चयन भएका थिए । नियुक्तिको हिसाबले वरिष्ठताका आधारमा कन्सूलरहरुले एचसीसी–एनमा डिनको रुपमा काम गर्ने अवसर पाउने गरेका छन् ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७