

काठमाडौं । नेकपा एमालेकि नेतृ रामकुमारी झाँक्रिले पार्टीलाई अहिलेको स्थितिमा ल्याउने व्यक्तिहरुले नेतृत्व नत्यागेसम्म पार्टी एकता हुन नसक्ने बताउनुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती महशुस गर्दै पार्टी अध्यक्ष छाडेमा एकता गर्न मार्गप्रशस्त हुने झाँक्रिको धारणा छ । प्रतिगमनकारी कदम उठाएको प्रति आत्मालोचित हुँदै पार्टी नेतृत्वबाट बाहिरीएमा मात्र एकता गर्न सकिन्छ उहाँले भन्नुभयो । प्रतिगमनकारीले सामान्य प्रायश्चित समेत नगरी कुममा कुम जोडाउँदैमा एकता कसरी हुन्छ ? उहाँको प्रश्न छ ।
आफु पार्टी एकता विरोधी नभएको तर कम्युनिष्ठ आन्दोलनको विसर्जन कसले गर्यो ? पुस ५ र जेठ ७ प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने बताउनुभयो । संसद विघटनलाई यि दुई तरिकाले बुझ्ने पंक्ति एमालेमा रहेकोले सबैको बुझाई एउटै नभएसम्म पार्टी एकता हुन सम्भव नभएको झाँक्रीको भनाई छ ।
आज सम्पन्न अखिल फोर्सको बृहत् भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७