

काठमाडौँ । नेपाली राष्ट्रिय फूटबल टिमका मुख्ँय प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जालमा फेसबुकमार्फत अलमुताइरीले राजीनाको घोषणा गरेका हुन्।
अखिल नेपाल फूटबल संघ (एन्फा) को टेक्निकल कमिटीले कुवेतका अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्न सिफारिस गरेपछि उनलाई गत चैतमा नेपाली राष्ट्रिय फूटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।
विश्वकप छनोटअन्तर्गत नेपालले गत महिना तीन खेल खेलेको थियो। उनको प्रशिक्षणमा नेपालले विश्वकप छनोटमा चाइनिज ताइपेईलाई हराउदा अस्ट्रेलिया र जोर्डनसँग पराजय भोगेको थियो। त्यसअघि उनको प्रशिक्षणमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो।
प्रो–लाइसेन्स प्रशिक्षक तथा एएफसी कोचिङ इस्ट्रक्टर अब्दुल्लाहलाई नेपाल ल्याउनका लागि एन्फा र कतार फूटबल एसोसिएसनबीच सम्झौता भएको थियो।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७