

बार्सिलोना। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् इटालीको अध्यक्षमा छविलाल कंडेल निर्विरोध भएका छन्। वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका कंडेलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष बनेका हुन्। कंडेलसहित २०२१-२०२३ कार्यकालका लागि सिङ्गो कार्यसमिति नै निर्विरोध चयन भएको छ।
अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा (आईसीसी सदस्य) राजन चापागाई निर्विरोध बनेका छन्। कार्यसमितिको उपाध्यक्षमा भुवन नियोग लिम्बु ,महासचिवमा भवेश कुमार सिंह, सचिवमा अशोक उप्रेती र कोषाध्यक्षमा दिर्घा माया मगर युवा प्रतिनिधिमा श्याम खरेल र महिला प्रतिनिधिमा बिना मगराती चयन भएका छन् ।
कार्यसमितिमा सदस्यमा भने सिरज कार्कीको मात्रै उम्मेदवारी परेको छ । जुलाई २५ मा भर्चुअल रुपमा हुने संघको सातौँ अधिवेशनमा निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गर्ने कार्यक्रम रहेको छ।
सन् २०१७-२०१९ को कार्यकालमा चुनाव लडेर नै महासचिवमा विजयी बनेका कंडेल अहिले संस्थाप्रति धेरैको चासो घटेको स्वीकार गर्छन्। ‘हो पहिले जस्तो चाम छैन।’ उनले थपे, ‘म अध्यक्ष बन्दै गर्दा संस्थाप्रतिको चासो र रुचिलाई मध्यनजर गर्दै इटालीबासी नेपालीहरुको मन जित्ने कोशिस गर्नेछु।’
उपाध्यक्ष सहित रिक्त रहेका सदस्यहरु क्षेत्रगत प्रतिनिधित्व हुने गरी मनोनयन गर्ने पनि कंडेलले बताए।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७