काठमाडौ । नेपालका बैंकहरु ह्याक गर्न लागेको भन्दै ह्याकरहरुले चेतावनी दिएका छन् । नेपालका विभिन्न बैंकका उच्च अधिकारीहरुलाई बैंक ह्याक गर्न लागेको भन्दै चेतावनीसहितको पत्र प्राप्त भएको बताइएको हो ।
नेपाल राष्ट्र बैंक लगायत अन्य १५ वटा बैंकहरुको सिस्टम ह्याक गरिने चतावनी पत्रमा उल्लेख गरिएको बुझिएको छ । सो चेतावनी पत्र नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायण पोखरेल सहित अन्य १५ बैंकहरुलाई पुगेको बताइएको छ । परिचित फोन नम्बर र इमेलको प्रयोग गरी चेतावनीपत्र आएको बताइएको छ ।
बुधबार आएको पत्रमा नेपालका १५ बैंकको सिस्टम ह्याक गर्ने र यसलाई हल्का रुपमा नलिन चेतावनी दिइएको छ। ह्याकरले पत्रमार्फत यदि ठूलो क्षतिलाई रोक्न चाहे बिहीबारदेखि ४८ घण्टासम्म सबै शाखा बन्द गर्न भनेको छ। ह्याकरले राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमाडौं, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख गर्दै सिस्टम ह्याक गर्ने चेतावनी दिइएको हो।
प्रवक्ता ढकालले यसबारे सबै बैंक तथा सरोकारवालालाई सूचना दिइसकिएको भन्दै आफूहरुले सुक्ष्म रुपमा यसमा अनुसन्धान गरिरहेको बताउनुभएको छ । उहाँले अहिलेसम्म सिस्टममा कुनै पनि ठाउँबाट संकास्पद त्यस्ता गतिविधि नभएको बताउनुभयो ।
‘हामीले यसबारे बैंक तथा सरोकारवाला पक्षलाई जानकारी दिइसकेका छौं। सुक्ष्म रुपमा अनुसन्धान पनि थालेका छौं। अहिलेसम्म त्यस्तो नराम्रो केही भएको छैन। डराउनुपर्ने आवश्यकता छैन’, प्रवक्ता ढकालले भन्नुभयो ।
कर्पोरेटबाट थप समाचार
एनसेलको शेयर खरिद बिक्रीबारे लिखित जवाफ माग
विदेशी मुद्राको विनिमय सञ्चिती रु १६ खर्ब ९६ अर्ब कायम
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
सन्तानलाई संस्कार कि सम्पत्ति
इडिभीको नतिजा प्रकाशित
देशको पहाडी क्षेत्रमा वर्षा र तराईमा हावाहुरीको सम्भावना
नेपाल सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
जेठ २६ मा नेपाल पत्रकार महासंघको चुनाव हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८