

काठमाडौं । नेकपा एमाले माधव नेपाल समुहको निर्णायक बैठक भोली बस्ने तय भएको छ । बैठकमा माधव नेपाल समुहका सांसद तथा केन्द्रिय सदस्यहरु उपस्थित हुने बताइएको छ ।
नेकपा एमाले एक हुने वा नहुने भन्ने कुराको निर्णय भोलीको यो बैठकले गर्नसक्ने भएकाले यसलाई निकै नै महत्वपूर्ण बैठक मानिएको एक नेताले बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतमा यस पक्षका केहि सांसदहरुले मतदान गर्नुका साथै केहिले मतदान बहिष्कार गरेका थिए ।
यस्तै केपी ओली पक्षका ८ जना सांसदहरुले पनि देउवाको समर्थनमा मतदान गरेका थिए । भोलीको बैठकमा नीजहरुलाई समेत बोलाइएको छ । यस बिचमा पनि देउवाको समर्थन गर्दै मतदान गर्ने २२ जना सांसदहरुसँगको छलफल कायम छ ।
यता नेकपा एमाले ओली पक्षिय केन्द्रिय समितिको बैठक जारी छ । सो बैठकले भोलीको माधन नेपाल पक्षको बैठकले गर्ने निर्णयलाई कुर्ने भएको छ ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७