

काठमाडौं । पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेका छन्। यसबारे संसद् सचिवालयमा जानकारी गइसकेको बताइएको छ।
कार्य व्यवस्था समितिको बैठकबाट विश्वासको मत लिने प्रस्ताव गरिसकेको छ। कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले कार्य व्यवस्था समितिको बैठकमा विश्वासको मतका लागि प्रस्ताव गरेको थियो। केहीबेर अघि कार्य व्यवस्था समितिको बैठक सिंहदरबारमा बसेको हो। आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो।
सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्री कार्कीद्वारा संसद सचिवालयमा दर्ता भैसकेको जानकारी दिनुभयो। असार २८ गते सर्वोच्च अदालतको परमादेशपछि २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएको हो। देउवालाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसैले पहिलो बैठकमै विश्वासको मत लिने तयारीमा देउवा पुग्नु भइको हो। यसका लागि देउवाले एमालेका माधव नेपाल पक्षलाई मनाइसक्नु भएको छ।
देउवालाई १३६ मत भए पुग्ने
प्रधानमन्त्री देउवालाई विद्यामन संसद संख्यामा १३६ मत भए पुग्ने देखिन्छ। हाल २७१ जना सांसद कायम छन्।
कांग्रेसका ६१, एमालेका १२१, माओवादीका ४९, जसपाका ३२, जनमोर्चाका १, नेमकिपाका १ र राप्रपाका १ जना गरी हाल संसदमा २७१ जना सांसद छन्। जसमध्ये एमालेका ९८ जना, नेमकिपा, राप्रपा र जसपाका केही सांसदले विश्वासको मतको विपक्षमा मत दिने छन्। यसरी हेर्दा देउवाले डेढ सयको हाराहारीमा मत पाउने अनुमान गरिएको छ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७