

काठमाडौं । विश्वमा कोभिड संक्रमणको तेस्रो लहर शुरु भएसँगै भारतमा अबको दिन निकै कष्टप्रद हुने बताइएको छ । भारतको स्वास्थ्य मन्त्रालयले कोभिड ९१९ संक्रमणको हिसाबमा अबको १०० देखि १२४ दिन निकै कष्टकर हुने बताइएको हो ।
शुक्रबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा भारतीय नीति आयोगका सदस्य डा. वीके पौलले यस्तो बताएका हुन् । उनका अनुसार आगामी जुलाईसम्म ५० करोड डोज खोप लगाइसक्ने योजना रहेको र यसका लागि ६६ करोड डोज कोभिसिल्ड र कोभ्याक्सिन खोप खरिद गरिएको समेत बताएका छन् ।
भारतमा कोरोना कहरले आक्रान्त पारेर तंग्रिन नपाउँदै फेरी अगस्ट अन्त्यसम्म तेस्रो वेभ सुरु हुनसक्ने पौलको आंकलन छ । कोरोना संक्रमणको दरमा उल्लेख्य कमि आउन नसकेको अहिलेको स्थितिमा रोकथाममा अझै पनि यथेष्ठ प्रयत्न नभए तेस्रो लहर सुरु हुने उनको भनाई छ । ‘भाइरस अहिलेपनि हामी वरपर छ । केही जिल्ला र राज्यमा पनि अहिले स्थिती जोखिमपूर्ण छ । हामी यो समयमा निकै सचेत हुनुपर्छ किनभने पुनः संक्रमण बढ्न सक्छ । यो हाम्रा लागि खतराको घण्टी पनि हो’ पौलले भने, ‘परिस्थिती अहिले नियन्त्रणमा छ तर, भविष्यमा बाहिर जान सक्छ । परिस्थितीलाई कता लैजाने छ भन्ने हाम्रो हातमा छ ’ उनले भने ।
नेपाल पनि जोखिममा
भारतमा अगस्ट अन्त्यमा तेस्रो लहर सुरु हुनसक्ने मन्त्रालयको आंकलन आएसँगै नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप सतर्क रहनु पर्ने बताएको छ । प्रवक्ता कृष्णप्रसाद पौडेलले भारतमा वेभ सुरु भएको तीन चार सातामै नेपालमा आउन सक्ने भएकाले सतर्क हुनुपर्ने जरुरी भएको बताएका हुन् ।
‘नेपालमा अहिले पनि जोखिम टरिसकेको छैन । भारतको भनाई आएपछि हामी थप सतर्क हुनुपर्ने देखिएको छ’ प्रवक्ता पौडेलले भने, ‘अहिले पनि हामीले सर्त सहित निषेधाज्ञा खुुकुलो बनाएका हौं । जोखिम अहिले पनि छ ।’
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७