

काठमाडौं । २७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ ।
निगमलाई निजीकरण गर्ने तयारी भइरहेको भन्दै अहिले निगमकै कर्मचारी आन्दोलनमा छन् भने चौतर्फी विरोध पनि भइरहेको छ । तर मन्त्रालयले भने आज (आइतवार) विज्ञप्ति निकालेर निगमलाई निजीकरण गर्ने र निगमलाई रूपान्तरण गर्ने अहिलेसम्म कुनै योजना र कार्यक्रम नभएका स्पष्ट पारेको छ ।
निजीकरणको प्रक्रियाका बारेमा कुनै छलफल नै नभएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रूपान्तरण गर्ने कुनै योजना एवम् कार्यक्रम नभएको तथा निजीकरणको प्रक्रियाका सम्बन्धमा अहिलेसम्म कुनै छलफलसमेत नभएको ब्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।’
निगमको रणनीतिक सुधारका लागि भइरहेका कार्यका सम्बन्धमा विभिन्न व्यक्तिबाट भइरहेको गलत सूचनाप्रति पनि मन्त्रालयले चासो जनाउँदै सत्य/तथ्यको पक्षमा उभिन अपिल गरेको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७