

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल बीच सहमति हुन नसकेपछि कार्यदलले छलफल गरिरहेको छ । हिजो साँझ भएको सो भेटवार्ताबाट कुनै पनि सहमति हुन नसकेपछि कार्यदलले गृहकार्य गरिरहेको हो ।
यसैबिच आन्तरिक छलफल पछि पुनः बैठक बस्ने गरी कार्यदलको बैठक साँझलाई सारिएको छ । आज बिहान अर्थमन्त्रालयमा बसेको सोे बैठक केहि ढिला सुरु भएको थियो । रावलले कार्यदलका सदस्य विष्णु पौडेलसँग बिहान करिब २ घण्टा छलफलमा बसेका कारण कार्यदलको बैठक ढिलाई भएको थियो । रावल र पौडेलको छलफलमा ओली पक्षिय नेता एवं लुम्बिनिका मुख्यमन्त्री शंकर पोखरेलको समेत सहभागिता रहेको थियो ।
कार्यदलका ओली पक्षिय संयोजक सुवासचन्द्र नेम्वाङले सहमति हुने प्रबल सम्भावना रहेको हुँदा यसलाई मुर्तरुप दिन केहि गृहकार्य आवश्यक रहेकाले बैठक साँझ पुन बस्ने गरी सकिएको बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७