TRENDING
होमपेज
फेरी बढ्यो सुनको मुल्य


काठमाडौं । सुनको मूल्यमा केहि दिनदेखि निरन्तर वृद्धि भइरहेको छ । यस्तै आज आइतबार पनि सुनको मुल्य तोलामा २ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार ३०० र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
यस्तै, शुक्रबार चाँदीको भाउ पनि बढेको छ। यस दिन चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिद बिक्री भएको थियो।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७